मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुका बिभिन्न पालिकामा निर्माण भएका क्वारेनटाइनमा अहिलेसम्म ६ सय ९१ जनालाई राखेर निगरानी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार विहीबारसम्म १० पालिकामा निर्माण गरिएको ९ सय ५४ क्वारेनटाइन बेडमा ६ सय ९१ जना रहेका छन् । १४ दिन अवधी पुगेका ९ जना डिस्चार्ज समेत भएका छन् ।
प्रशासनले उपलब्ध गराएको रिर्पोट अनुसार विजयनगर गाउँपालिकामा सबैभन्दा बढी २ सय १४ जना क्वारेनटाइनमा रहेका छन । महाराजगञ्जमा १ सय ७१, शुद्धोधन गाउँपालिकामा ६८, मायादेवी गाउँपालिकामा ६२, कपिलवस्तु नगरपालिकामा ५१, कृष्णनगर नगरपालिकामा ५० जना क्वारेनटाइनमा रहेको प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस्तै शिवराज नगरपालिकामा ४५, बुद्धभूमि नगरपालिकामा १५, यशोधरा गाउँपालिकामा ३ जना रहेका छन भने वाणगंगा नगरपालिकामा ४ जना क्वारेनटाइनमा बसेका छन ।
क्वारेनटाइनमा दैनिक ढेड सय बढीको संख्यामा बृद्धि भईरहेको छ । भारतबाट फर्केकाहरुलाई धमाधम क्वारेनटाइनमा राखिए पनि अझै सयौँ संख्यामा भारतबाट फर्केकाहरु घरमै बसेका छन् । अझैसम्म एक जनाको पनि स्वाब परिक्षण गरिएको छैन ।
क्वारेनटाइनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र कोरोना संक्रमण लक्षण नदेखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भारतबाट भित्रिने क्रम नरोकिएकाले क्वारेनटाइनमा बस्नेहरुको संख्या बृद्धि भएको हो । १४ दिनको निगरानीमा कुनै समस्या देखिएमा थप उपचारको लागि स्थानीय तहका अस्पतालमा ८ वटा आईसुलेन बेड पनि तयारी गरिएको छ ।
कपिलवस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुदिप पौडेलले रत्नराज्य लक्ष्मी मा.वि.मा निर्माण गरेको १५ वेडको क्वारेनटाइनमा राम्रो सुविधा उपलब्ध गराएको पाइएको छ । उनीहरुलाई स्वच्छ खाना, खाजा, फिल्टर पानी, सफा शौचालय र निशुल्क इन्टरनेट सुविधा समेत उपलब्ध छ ।
२० चैत्र २०७६ बिहिबार ००:००
0
Shares







प्रतिक्रिया