१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बिरालो तथा कुकुरको मासु खान चीनको शिन्चेन शहरमा प्रतिबन्ध



एजेन्सी ।
चीनको शिन्चेन शहर बिरालो तथा कुकुरको मासु खान प्रतिबन्ध लगाउने पहिलो शहर बनेको छ ।
कोरोना भाइरसको संक्रमण जंगली जनावरको मासुबाट फैलिएको हुन सक्ने देखिएपछि शिन्चेन शहरले बिरालो तथा कुकुरको मासुमा प्रतिबन्ध लगाएको हो ।
कोरोना भाइरस जंगली जनावरको मासुबाट मानिसमा सरेको देखिएपछि चीन सरकारले जंगली जनावरको मासुमा प्रतिबन्ध लगाएको थियो ।
शिन्चेन शहर त्यो भन्दा पनि अघि बढेर घर पालुवा बिरालो तथा कुकुरको मासु पनि खान नपाउने नियम ल्याएको हो । यो कानून मे एकदेखि कार्यान्वयनमा आउने छ ।
ह्युमन सोसाइटी इन्टरनेशनल (एचएसआइ) का अनुसार एसियामा प्रति वर्ष मासुका लागि तीन करोड कुकुर मारिन्छन् । जनावरको अधिकारको पक्षमा काम गर्दै आएको एचएसआइले यो कदमको स्वागत गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६ शुक्रबार ००:००  ८ : २१ बजे