१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कोरोनाबाट एकै दिन मृत्यु हुनेमा अमेरिकामा अहिलेसम्मकै धेरै



एजेन्सी ।
अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण बिहीबार एकै दिन ११ सय ६९ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भए यता कुनै पनि देशमा एकै दिनमा कोभिड–१९ बाट मृत्युको यो संख्या सबैभन्दा धेरै हो । यसअघि मार्च २७ मा इटालीमा ९६९ जनाको कोभिड–१९ बाट मृत्यु भएको थियो । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण पाँच हजार ९२६ जनाको मृत्यु भएको छ।अमेरिकामा संक्रमितको संख्या दुई लाख ४५ हजार भन्दा धेरै छ । न्यूयोर्क सिटी सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ अहिलेसम्म १५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६ शुक्रबार ००:००  १० : १७ बजे