१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार पुग्यो



एजेन्सी ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै अलजजिराले जनाएअनुसार विश्वभर १० लाख २६ हजार संक्रमित छन् ।

उता, स्पेनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने ९३२ जना थपिएका छन् ।

यससँगै त्यहाँ शुक्रबार दिउँसोसम्ममा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ३५ पुगेको छ । यो कोरोना संक्रमणबाट सर्वाधिक ज्यान गुमाउने देशको सूचीमा दोस्रोमा पर्छ । पहिलो नम्बरमा इटाली छ भने तेस्रोमा अमेरिका ।

इटालीमा १३ हजार ९ सय १५ जनाले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६ शुक्रबार ००:००  १० : ३५ बजे