१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

आगलागी पीडितलाई विजयनगरले प्रति घर ५ हजार बराबरको खाद्यान्न बाड्ने



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गुगौलीका अग्नी पिडित प्रति घरपरिवारलाई ५ हजार बराबरको खाद्यान्न राहत दिने बताउनु भएको छ ।
शुक्रवार करिब अपरह्न ४ बजेतिर गाउँपालिकाको गुगौलीमा भिषण आगलागी हुँदा २५ घर २४ गोठ जलेर नष्ट भएको थियो । उहाँले विस्थापित २५ घरपरिवारलाई तत्कालै खाद्यान्नको व्यवस्था गरी उपलब्ध गराउने बताउनुभयो ।
शुक्रबार भएको आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
स्थानीयवासी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जनप्रतिनिधि लगायतले आगोलाई नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  ७ : ४० बजे