एजेन्सी ।
भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ ।
महामारी सुरू भएयता संक्रमणबाट भारतमा यति धेरै व्यक्तिको एकैदिन ज्यान गएको यो पहिलो पटक हो ।
योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या ८५ पुगेको छ ।
यस्तै संक्रमितको संख्या ३ हजार ८२ भएको टाइम्स अफ इण्डियाले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
शुक्रबारमात्र त्यहाँ ५०२ जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन यो संख्या ५४४ थियो, जुन आजसम्मकै धेरै हो ।
शुक्रबार भेटिएका संक्रमितमध्ये २८० जना नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएका वा उनीहरूको सम्पर्कमा आएका मानिसहरू रहेका छन् ।
शुक्रबार मृत्यु हुनेमध्ये ३ जना महाराष्ट्र राज्यका हुन् भने आन्द्र प्रदेश, मध्य प्रदेश, हरियाणा, कर्नाटका तथा गुजरातबाट एक-एक जना रहेका छन् ।
यस्तै दिल्ली र तेलाङ्गनामा २-२ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले बितेका दुई दिनमा देशमा भेटिएका ६४७ संक्रमित नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभासँग प्रत्यक्ष-अप्रत्यक्ष सम्बन्धित मानिसहरू भएको जनाएको छ ।







प्रतिक्रिया