२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

कपिलवस्तुमा कोरोना आशंकाले एक व्यक्तिलाई आइसोलेसनमा राखियो



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोनाको आशंकामा एक जनालाई आइसुलेसनमा राखिएको छ । जिल्लाको तौलिहवास्थित कपिलवस्तु अस्पतालको आइसुलसेनमा ती व्यक्तिलाई राखिएको हो ।
छाती दुख्ने, ज्वरो आउने लगायतका लक्षण देखिएपछि शिवराज नगरपालिका निवासी उनलाई शुक्रवार अस्पतालमा ल्याईएको थियो ।
स्वाब परिक्षणका लागि आइतवार बुटवल पठाउने तयारी भैरहेको अस्पताल स्रोतले जनाएको छ । कोरोनाको आशंकामा आइसुलसेनमा राखेर उपचार गरिएको बिरामी जिल्लामै पहिलो हो । जिल्लामा अझै पनि कसैमा कोरोनाको संक्रमण पुष्टि भएको छैन ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  १२ : ३४ बजे