१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कैलालीसँग जोडिएका सबै नाका बन्द



बर्दिया । छिमेकी जिल्ला कैलालीमा दुई र कन्चनपुरमा एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएपछि बर्दियामा थप उच्च सतर्कता अपनाइएको छ । बर्दियासँग सीमा जोडिएको कैलालीको सबै सीमा बन्द गरिएको छ ।

कैलालीको टिकापुर सीमासंग जोडिएको नाका पूर्णरुपमा बन्द गरिएको राजापुर नगरपालिकाका प्रमुख शिवनारायण चौधरीले बताए । उनले कैलालीका सबै नाका बन्द गर्नु पर्ने बताए । कैलालीसंग राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा जोडिएको छ ।

ठाकुरबाबा नगरपालिकाको चिसापानी नाकाबाट १२ किलोमिटर पश्चिम कैलालीको लम्कीका दुई जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो । ठाकुरबाबा नगरपाकिलाका प्रमुख घननारायण श्रेष्ठले चिसापानी नाका पूर्णरुपमै बन्द गरिसकेको जनाए ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  ५ : २५ बजे