३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

यो वर्षका लागि च्याम्पियन्स लिगका बाँकी खेल नहुने दिशातर्फ




एजेन्सी ।
च्याम्पियन्स लिग र युरोपा लिग फुटबलको यो सिजन यत्तिकै अन्त्य हुन सक्ने युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले जनाएको छ।

युइएफएका अध्यक्ष एलेक्सान्डर सेफरिनले कोरोना भाइरसको महामारीका कारण जारी प्रतिबन्ध सेप्टेम्बरसम्म जारी रहेमा यो सिजन टुंगिन नपाउने बताएका हुन् ।

च्याम्पियन्स लिग र युरोपा लिगका खेलहरु अहिले रोकिएका छन् । कोरोना भाइरसका कारण खेलहरु अनिश्चित समयका लागि रोकिएका हुन्।

प्रकाशित मिति : २४ चैत्र २०७६ सोमबार ००:००  १० : १६ बजे