२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

धनगढीका संक्रमित युवकको सम्पर्कमा आएका अन्य दुईजनाको रिपोर्ट पनि नेगेटिभ



धनगढी ।

धनगढीका कोरोना भाइरस संक्रमित युवकसँग सम्पर्कमा आएका दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ।दुईमध्ये एकले ती युवकलाई मोटरसाइकलमा सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए भने एकजना उनका मामाका छोरा हुन्।

यसअघि परिवारका सातजना सदस्यको रिपोर्ट पनि नेगेटिभ आएको थियो।युवककी भाउजूको रिपोर्ट भने पोजिटिभ आएको छ । ती युवक दुबईबाट काठमाडौँ – नेपालगञ्ज हुँदै धनगढी आएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७६ सोमबार ००:००  १० : ३१ बजे