६ असार २०८३, शनिबार | Sun Jun 21 2026

नेपाली ठिटो दिवेश परे अमेरिकन आइडलको उत्कृष्ट २० भित्र (भिडियो)



काठमाण्डौँ ।
अमेरिकन आइडलको १८ औं संस्करणमा सहभागी नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट २० मा परेका छन्।आयोजक अमेरिकन आइडलुले हिजो अप्रिल ५ मा टप २० प्रतिष्पर्धीको नाम सार्वजनिक गरेको हो।

२१ वर्षीय दिवेश कार्यक्रममा आर्थर गनुको नामबाट प्रतिष्पर्धा गरिरहेका छन्।उत्कृष्ट २० मा पुगेका दिवेशको प्रस्तुति हेर्न उनको परिवार पनि कार्यक्रममा पुगेको थियो। कार्यक्रममा यसपटक उनले बब मार्लीको इज दिस लभ बोलको गीत गाएर सुनाएका थिए।

उनलाई टप २० प्रतियोगी घोषित गर्नुअघि शोका निर्णायकमध्येका एक लाइनल रिचीले दिवेश अडिसनमा आउँदा आफूहरूले उनीबाट के आश गर्ने भन्ने नसोचेको बताए।

पुरा भिडियो हेर्नुहहोस्

https://www.youtube.com/watch?time_continue=197&v=46P8QcMq2QQ&feature=emb_logo

प्रकाशित मिति : २४ चैत्र २०७६ सोमबार ००:००  १० : ५५ बजे