१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

महाप्रसाद अधिकारी राष्ट्र बैंकको १७ औँ गभर्नर



काठमाडौँ । सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको १७ औँ गभर्नरमा नियुक्त गरेको छ ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए। भारतको मद्रासबाट चार्डट एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि अधिकारी उप निर्देशक बनेका थिए।हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए।

को हुन् अधिकारी ?

प्रदेश १ को खोटाङमा जन्मिएका अधिकारी चार्टर अकाउन्टेन का विद्यार्थी हुन् । उनले भारतबाट सीए पास गरेका थिए । २०४२ सालमा राष्ट्र बैंकको जागिरे बनेका अधिकारी २०७२ पुसमा राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकाश पाएका थिए ।

डेपुटी गभर्नरमा सिफारिसभएपछि केही विरोधका स्वर झेलका अधिकारी समस्याग्रस्त घोषणा भएको नेपाल बंगलादेश बैंक सम्हाल्ने जिम्मेवारीबाट चर्चामा आएका थिए । बैंक वित्तीय संस्थाको बासलातमा राम्रो टिप्पणी गर्न सक्ने अधिकारी घरजग्गा कर्जा सीमामा ल्याउन र हालका अर्थमन्त्री डा।

युवराज खतिवडा गभर्नर हुँदा सहयोगीका रूपमा अधिकारीले विशेष भूमिका खेलेका थिए । वित्तीय स्थायित्वलाई अघि बढाउन सक्षम व्यक्तिका रुपमा उनले पहिचान बनाएका छन् ।

केन्द्रीय बैंकमा रहँदा उनले संस्थागत सुशासन तथा बैंकिङ सुपरिवेक्षणलाई बलियो बनाउने काम गरेका थिए ।३० वर्षभन्दा बढी केन्द्रीय बैंकमा काम गरेका अधिकारी त्रिभुवन विश्वविद्यालयबाट बिजनेश एडमिनेस्ट्रेशनमा स्नातक गरेका छन् भने १९९३ मा भारतबाट चार्टड एकाउण्टेन्सी गरेका थिए ।

९ असार २०७३ मा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० को रुपमा नियुक्ति पाएका थिए ।

यी हुन हालसम्मका १६ गभर्नर

१। हिमालय सम्शेर जबरा

२। लक्ष्मीनाथ गौतम

३। प्रद्युम्नलाल राजभण्डारी

४। डा। भेष बहादुर थापा

५। डा। यादव प्रसाद पन्त

६। कुलशेखर शर्मा

७। कल्याण विक्रम अधिकारी

८। गणेश बहादुर थापा

९। हरिशंकर त्रिपाठी

१०। सत्येन्द्र प्यारा श्रेष्ठ

११। डा। तिलक बहादुर रावल

१२। दिपेन्द्र पुरुष ढकाल

१३। विजयनाथ भट्टराई

१४। दिपेन्द्र बहादुर क्षेत्री

१५। युवराज खतिवडा

१६। डा। चिरञ्जीवी नेपाल

प्रकाशित मिति : २४ चैत्र २०७६ सोमबार ००:००  ४ : ३८ बजे