२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

कोरोनाको कारण टि ट्वान्टी विश्वकप नसर्ने




एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी ट्वान्टी विश्वकप निर्धारित समयमै हुने जनाएको छ ।यसै वर्ष अष्ट्रेलियामा टी(ट्वान्टी विश्वकप आयोजना हुँदैछ । अष्ट्रेलियाले गत महिना महिला टी(ट्वान्टी विश्वकपको सफल आयोजना गरेको थियो ।

पुरुष विश्वकप समेत अष्ट्रेलियामा अक्टोबर १८ देखी नोभेम्बर १५ सम्म आयोजना हुने तालिका छ ।तर, विश्वभर त्रासको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वको खेलकुद स्थगित भएका छन् ।

त्यसैले पुरुष टी(ट्वान्टी विश्वकप समेत सार्ने गृहकार्यमा आईसीसी लागि परेको अफवाहरु सार्वजनिक भएको थियो ।तर, आईसीसीले हालै एक विज्ञप्ति जारी गर्दै समयमै विश्वकप गराउने तयारी भएको बताएको छ ।

स्थानीय आयोजक समितिले प्रतियोगिताको तयारी गरिरहेको र समितिसँग आईसीसीले निरन्तर छलफल गरिरहेको बताएको छ ।कोरोनाको महामारीमा स्थानीय आयोजक समितिले कदम चालिरहेको छ,आईसीसीले भनेको छ, समयमा प्रतियोगिता गराउने अभ्यास चलिरहेको छ । सबै स्थानीय आयोजक समितिले पठाउने रिपोर्टमा विश्वकप आधारित हुन्छ ।

यस्तै सन् २०२१ मा भारतले समेत आईसीसी टी(ट्वान्टी विश्वकप आयोजना गर्दैछ । लगातार एकै प्रतियोगिता रहेको कारण आउने वर्ष दुई प्रतियोगिता आयोजना हुने छैन ।त्यसैले आईसीसी समयमा नै विश्वकप आयोजना गर्ने लक्ष्यमा रहेको छ । यदी प्रतियोगिता स्थगित भयो भने सन् २०२२ को लागि सर्ने पक्का छ ।

हालसम्म अष्ट्रेलियामा ५ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भेटिएको छ । यस्तै भाईरसको कारण ३९ मानिसको मृत्यु समेत भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६ मंगलबार ००:००  ६ : ५० बजे