१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

अर्घाखाँचीमा ३० जना क्वारेन्टाइनमा, आठ जनाको रिपोर्ट नेगेटिभ



अर्घाखाँची ।
अर्घाखाँचीबाट अहिलेसम्म कोरोना भाइरस संक्रमणको परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। पछिल्लो पटक अर्घाखाँची अस्पतालबाट पठाइएका दुई जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट ’नेगेटिभ’ आएसंगै अर्घाखाँचीबाट आशंका गरिएका ८ जनाकै रिपोर्ट नेगेटिभ आएको हो। सबै आठ जनाकै परीक्षण रिपोर्ट आएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए।
अहिलेसम्म ९ जनालाई कोरोना संक्रमणको आशंकामा नमुना संकलनका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकामा ८ जनाको रिपोर्ट नेगेटिभ आएको र १ जनाको परीक्षण गर्न नपर्ने भन्दै फर्काइएको थियो ।
शारजहाँ विमानस्थल हुँदै धनगढीका चौथो कोरोना संक्रमित युवासंगै आएका जिल्लाका चार जना पुरुषमध्ये एक जनाको स्वाब परीक्षण पनि नेगेटीभ आएको छ । छत्रदेव गाउँपालिकाका एकजना पुरुषलाई ज्वरो आएपछि स्वाब परीक्षणको लागि नमुना लिइएको थियो। उनको नमुना लिइएकोमा परीक्षण नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए। कोरोना संक्रमित युवासंगै चारजना आएकोमा अन्य तीन जना स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा रहेका छन् ।
सन्धिखर्क नगरपालिकामा १५ जना, मालारानी गाउँपालिकामा ८ जना, भुमिकास्थान नगरपालिकामा ८ जना र पाणिनी गाउँपालिकामा ३ जना गरी ३४ जना क्वारेन्टाइनमा रहेका छन्। तीन जनालाई सन्धिखर्कको बेलबाटिकास्थित आइसोलेसन कक्षमा राखिएको छ ।
जिल्लाका स्थानीय तहले चार सय ५८ क्वारेन्टाइन बेड र १२ ओटा आइसोलेसन कक्ष निर्माण गरेका छन्। जिल्लामा एक हजार ९ सय ५७ जना भारत तथा तेस्रो मुलुकबाट आएको तथ्याङ्क छ। नागरिक न्यूजबाट

प्रकाशित मिति : २७ चैत्र २०७६ बिहिबार ००:००  ३ : ०१ बजे