१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपालमा ५ दिन यता एक जनामा पनि कोरोना संक्रमण देखिएन



काठमाडौँ । विश्वका विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहँदा नेपालमा भने ५ दिनदेखि नयाँ सङ्क्रमण देखिएको छैन ।नेपालमा हालसम्म २ हजार ८ सय ९५ जनाको नमूना परीक्षण गरिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म २ हजार ३ सय ८२ नमूना परीक्षण भएको छ भने उपत्यकाबाहिर ५ सय १३ नमूना परीक्षण गरिएको छ ।

साथै १ सय ९३ जनाको परीक्षण जारी छ । पछिल्लो ५ दिनमा कुनै पनि नयाँ सङ्क्रमित नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभयो ।यही चैत २२ गते ३ जना कोरोना सङ्क्रमित फेला परेपछि सङ्क्रमितको कुल सङ्ख्या ९ पुगेको थियो ।

एक जना निको भएर घर फर्किसकेका छन् । अहिले देशभर ११७ जना आइसोलेसनमा छन् भने क्वारेन्टाइनमा ७ हजार ९ सय ४० जना रहेका मन्त्रालयले जनाएको छ । सरकारले सातै प्रदेशमा ५र५ हजार र्‍यापिड टेष्ट किट अर्थात द्रुत जाँच गर्ने ५ दिनदेखि नयाँ सङ्क्रमण देखिएकोसामग्री पठाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  ११ : ०४ बजे