१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

प्रदेश ५ को कोरोना कोषमा पौने १२ करोड आर्थिक संकलन



बुटवल ।
प्रदेश ५ को कोरोना कोषमा पौने १२ करोड आर्थिक संकलन भएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा अहिले सम्म पौने १२ करोड आर्थिक संकलन भएको हो । अहिलेसम्म ११ करोड ७५ लाख ८४ हजार रुपैयाँ जम्मा भइसकेको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ । चेकमार्फत बिहीबार प्राप्त सहयोग रकमको बैंक दाखिला गर्न बाँकी रहेको सचिवालयले जनाएको छ ।
हालसम्म उक्त कोषमा सर्वसाधारणले मोबाइल बैंकिङमार्फत सबैभन्दा कम १ सय रुपैयाँदेखि सबैभन्दा बढी साढे २५ लाख रुपैयाँ जम्मा भएको छ ।
राहत कोषमा साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २५ लाख ५० हजार रुपैयाँ जम्मा गरेको छ भने भाटभटेनी सुपर मार्केटले २५ लाख रुपैयाँ जम्मा गरेको छ । १०र१० लाख रुपैयाँ जम्मा गर्नेमा सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंक रहेका छन् ।
कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेको छ । यसका साथै बुटवलको धागो कारखानामा रहेको आइसोलेसन विशेष अस्थायी अस्पतालमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आईसीयूका लागि आवश्यक उपकरण दिने घोषणा गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  ४ : १२ बजे