१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

दिउँसै कपिलवस्तुमा बाघको आतङ्क, दुई जना गम्भीर घाइते



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगरमा बाघको आक्रमणबाट दूई जना व्यक्ति गम्भीर घाइते भएका छन् । गाउँपालिकाको वडा नं. १ नेवलागञ्जमा बस्ने ५५ वर्ष बर्तमान रोका र ५० वर्षका दिलेराम थारुलाई बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभयो ।
अपराह्न साँढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएको अवस्थामा बाघले आक्रमण गरेको बताउनुभयो । दुबै जनाको अवस्था गम्भीर भएकोले बुटवलमा उपचारका लागि पठाइएको नेपालले बताउनुभयो ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  ६ : ५१ बजे