४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

के हो कालो लसुन ? जसले खतरनाक रोगबाट बचाउँछ



एजेन्सी ।
सेतो लसुनको फाइदाका बारेमा त हामी सबैलाई थाहा नै छ । लसुनमा अमृत समान गुणहरु हुन्छन् । आयुर्वेदमा उल्लेख भएअनुसार लसुनका कयौं गुणहरु छन् ।

सेतो लसुन मात्रै होइन, कालो लसुन झनै धेरै फाइदाजनक हुन्छ । धेरैलाई कालो लसुनको बारेमा थाहा छैन । कालो लसुन पनि सेतो लसुनकै अर्को रुप हो । कालो लसुन सेतो लसुनलाई नै कालो बनाइने हो । यसले रक्तसञ्चार सन्तुलनमा राख्न, कोलेस्ट्रोल नियन्त्रण गर्न, मुटुसम्बन्धी रोगहरु कम गर्न र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

के हो कालो लसुन ?
कालो लसुन विशेष प्रक्रियाबाट तयार पारिन्छ । लसुनलाई तातो र आद्र्रतायुक्त ठाउँमा राखिन्छ । जुन तापक्रममा लसुन डढ्दैन र यसका एन्जाइहरु टुक्रिन्छन् । जसमा विशेष प्रकारको एन्टी अक्सिडेन्ट्स उत्पादन हुन्छ । यसका साथै, उक्त लसुनमा पोलिफेनास, फ्लेवोनोइड र अल्कलोइड पनि उत्पादन हुन्छ ।

यो लसुनले विभिन्न प्रकारका क्यान्सरहरु रक्त क्यान्सर, पेटको क्यान्सर, पेटको क्यान्सरहरुको उपचारमा प्रयोग गर्ने गरिन्छ । यसका साथै, एलर्जी कम गराउँन, मेटाबोलिज्म बढाउन, कलेजोमा कुनै पनि प्रकारका रोग लाग्न र मस्तिष्क स्वस्थ राख्न सहयोग पुर्याउँछ ।

कालो लसुन निर्माणपछि झनै धेरै फाइदाजनक बन्छ । यो बन्ने क्रममा यसमा एन्टी इन्फ्लामेटरी गुण पनि निर्माण हुन्छ । कालो लसुन नियमित सेवन गरेका शरीरका कुनै पनि अंग सुन्निने समस्या कम हुँदै जान्छ ।

दैनिक खानामा कालो लसुन खाँदा रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ । मुटु स्वस्थ राख्न, विभिन्न प्रकारका क्यान्सरको सम्भावित जोखिमबाट बच्न कालो लसुन खाने गर्नुपर्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७ शुक्रबार ००:००  २ : ५८ बजे