५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गोलभेँडाको सेवनले बढाउँछ शरीरको दुर्गन्ध



एजेन्सी ।
गोलभेँडाको प्रयोग भान्सा बढी हुने गर्छ । गोलभेँडाको प्रयोग सबै तरकारी पकाउँदा प्रयोग गर्ने गरिन्छ ।

सुप, जुस, सलाद आदिमा समेत प्रयोग हुने टमाटरले खानेकुराको स्वाद बढाउँछ । यसको प्रयोगले छालालाई मुलायम र कोमल पनि बनाउँछ ।

तर, गोलभेँडाको अत्यधिक सेवनले नकारात्मक असर पनि पुर्याउँछ । अत्यधिक मात्रामा गोलभेँडा सेवन गरियो भने पाचन प्रक्रियासँगै अन्य केही बेफाइदाहरु पनि निम्त्याउँछ ।

गोलभेँडामा म्यालिक एसिड र साइट्रिक एसिड पाइन्छ । जसले पेटमा अत्यधिक मात्रामा अम्लीय पदार्थ उत्पादन गरिदिन्छ । अत्यधिक गोलभेँडा सेवन गर्दा पेटमा अनावश्यक ग्याष्ट्रिक एसिड उत्पादन हुन्छ र पेटमा पीडा हुन्छ ।

गोलभेँडाको अत्यधिक सेवनले शरीरमा दुर्गन्ध निम्त्याउँछ । यसमा टरपीन्स नामक तत्व पाइन्छ जसले पाचन प्रक्रियामा गडबढी ल्याउँछ र शरीरको दुर्गन्धको कारण बन्छ ।

गोलभेँडामा हिस्टामाइन नामक तत्व हुन्छ जसले एलर्जी र शरीरमा बिभिन्न दाग, धब्बाहरु पैदा गर्छ ।

अत्यधिक मात्रामा गोलभेँडा सेवनले मिर्गौलामा पथ्थरी गराउँछ । यसको बिउँ पथ्थरीको कारण बन्न सक्छ ।

गोलभेँडाको सेवनले घुँडामा दुखाई हुने समस्या पैदा गर्छ । काँचो टमाटर खाँदा रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  २ : ३१ बजे