२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

कतारका जेलमा रहेका १७ नेपालीले पाए आममाफी



काठमाण्डौँ ।

कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् ।कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् ।

सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ ।दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन् ।

रिहा हुनेहरुमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् । जोन हप्किन्स विश्विद्यालयका अनुसार कतारमा कोरोनाबाट संक्रमितहरुको संख्या ७ हजार ७ सय ६४ पुगेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ९ : १३ बजे