२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

कोरोना भाइरसः विश्वभर १ लाख ९० हजार ४०१ को मृत्यु



काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार नाघेको छ । शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४०१ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ४९ हजार ७५४ ले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटलीमा २५ हजार ५४९, स्पेनमा २२ हजार १५७, फ्रान्समा २१ हजार ८५६ तथा बेलायतमा १८ हजार ७३८ ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

चीनको वुहानबाट कोरोना सुरु भएयता अहिलेसम्म सवश्वभर २७ लाख १५ हजार ६१४ मा कोरोानाको संक्रमण देखिसकेको छ । जसमध्ये अहिले १७ लाख ८० हजार १४७ को उपचार भइरहेको छ । उपचाररत मध्ये ५८ हजार ६७८ को अवस्था गम्भीर रहेको छ ।

नेपालमा भने कोरोना संक्रमणका कारण आजसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४८ जनामा संक्रमण देखिएको छ । जसमध्ये ९ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

८६ जना आइसोलेसनमा छन् भने १० हजार ५७३ क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ६ : ३४ बजे