२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

विनाशकारी महाभूकम्पको त्यो दिन ! ५ वर्ष पूरा



काठमाडौं ।
आज वैशाख १२ गते । ५ वर्ष अघि आजकै दिन देशले महाभूकम्पको त्रासदी भोग्नुपरेको थियो । २०७२ को महाभूकम्पबाट झण्डै ९ हजार मानिसले ज्यान गुमाएको तथ्यांक छ ।

२२ हजार मानिस घाइते भएको भूकम्प गोरखाको वारपाक केन्द्र बिन्दु भएर गएको थियो । ७.८ म्याग्निट्युडको भूकम्पले ठूलो जनधनको क्षति पुर्यायो । देशका पुरातात्विक क्षेत्रमा ठूलो क्षति पुग्यो ।

भूकम्पको ५ वर्ष पूरा भइसक्दा पनि कतिपय पुर्ननिर्माणको काम सकिएको छैन । निर्माणमा निकै ढिलाई भएको गुनासाहरु अझै छन् ।

महाभूकम्पको वर्ष देशले एकपछि अर्को चुनौतीको सामना गर्नुपरेको थियो । एकातर्फ देश चुनौतीपूर्ण घडीमा थियो भने अर्कोतर्फ संविधान निर्माण प्रक्रियामा थियो । दलहरुले यस्तो घडीमा पनि संविधान जारी गरेका थिए । यसले देशमा फेरि राजनीतिक द्धन्द्ध बढायो । तराई केन्द्रित दलहरुले नाकाबन्दी गरेर निकै ठूलो अभाव खडा गरिदिएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ६ : ५८ बजे