२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

आज मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित वर्षाको सम्भावना




काठमाडौँ।

देशका मध्य र पूर्वी भूभागमा शुक्रबार मौसममा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मध्य र पूर्वी भूभागका धेरै स्थानहरुमा र पश्चिमी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशभर शुक्रबार राति पनि आंशिक देखि सामान्य बदली रही पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमि भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ७ : १३ बजे