६ असार २०८३, शनिबार | Sun Jun 21 2026

प्रभावकारी हुने ठानिएको कोरोनाको ‘एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल, वैज्ञानिकहरुमा निराशा



काठमाडौं ।
कोरोनाभाइरको संक्रमणमा एक प्रभावकारी हुने ठानिएको ‘एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल भएको छ ।

चीनमा गरिएको उक्त परीक्षण फेल भएसँगै कोरोना भाइरसको उपचारमा छिटो औषधि वा खोप प्रयोगमा आइहाल्ने सम्भावना टरेको छ ।

यसले वैज्ञानिकहरुमा निराशा छाएको छ । रेमडेसिवियर नामको उक्त ‘एन्टीभाइरल’ औषधिको पहिलो परीक्षण फेल भएको विवरण विश्व स्वास्थ्य संगठनको दस्ताबेजमा फेला परेको गर्दै बीबीसीले जनाएको छ ।

कूल २ सय ३७ बिरामीमध्ये १५८ लाई रेमडेसिवियर औषधि दिइएकोमा बाँकी ७९ लाई प्लेसीबो दिइएको थियो।

एक महिनापछि उक्त औषधि लिएका १३.९ प्रतिशत बिरामीको मृत्यु भयो जबकी यसको तुलनामा प्लेसीबो लिएका १२.८ प्रतिशत बिरामीको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७ शनिबार ००:००  ९ : ०६ बजे