१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

लायन्स कपिलवस्तुमा वर्ष २०२०/२१ को नेतृत्व घिमिरेलाई, अनुकरणीय काम गर्ने प्रतिवद्धता



मायादेवी अनलाइन, चार नम्बर ।
लायन्स क्लब अफ कपिलवस्तुले नायँ नेतृत्व चयन गरेको छ । क्लबको तेस्रो भचुर्अल साधारणसभाले लायन बर्ष २०२० । २१ को लागि सुरेन्द्र घिमिरेलाई चयन गरेको हो । बुधबार भएको सो अधिवेशनले प्रथम उपाध्यक्षमा धातानन्द भुसाल, द्वितीय उपाध्यक्षमा केशव सापकोटा, तृतीय उपाध्यक्षमा राम पौडेल क्षेत्री र सचिवमा रामसुभागे थारु चयनलाई सर्वसम्म चयन गरिएको क्लबका संस्थापक अध्यक्ष लायन कृष्ण केसीले मायादेवी अनलाइनलाइन जानकारी दिनुभयो ।

त्यस्तै समितिको कोषाध्यक्षमा सागर घिमिरे, सह–सचिव ओम प्रकाश घिमिरे, सह कोषाध्यक्ष झविलाल भट्टराईलाई चयन हुनुभएको छ भने मेम्बरसिप चेयर पर्सनमा नारायण पौडेल, एडमिनिष्टे«टिभ अफिसरमा सुमन क्षेत्री, पिआरओमा नवदत्त घिमिरे चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष घिमिरेले बताउनु भयो । उहाँले अन्य पदहरुमा पछि मनोनयन गरिने बताउनु भएको छ । मायादेवीलाई प्राप्त भएको जानकारी अनुसार अध्यक्षको पदभार ग्रहण कार्यक्रम पछि हुने बताइएको छ ।

सामाजिक काम र योगदानको लागि स्थापना भएको यस क्लवले लक डाउनको अवधिमा पनि बिभिन्न कामहरु गरेको थियो । नवनिर्वाचित अध्यक्ष घिमिरेले आफ्नो कार्यकाल भावि पुस्ताको लागि अनुकरणीय बनाउने बताउनु भयो । अहिले लक डाउन भएका कारण त्यसपछि पदभारसंगै आफ्ना योजना सुनाउने उहाँको भनाई छ ।

अध्यक्ष घिमिरे यस क्षेत्रका बिभिन्न सामाजिक तथा शैक्षिक संस्थामा नेतृत्वदायी भूमिकामा हुनहुन्छ । भर्चुअल साधारणसभा लायन अध्यक्ष कुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । क्लबका संस्थापक अध्यक्ष कृष्ण केसीले युवाको नेतृत्वबाट आफूले धेरै आशा गरेको बताउनु भयो ।

यो संस्थाको संजाल विश्वभरका दुई सय बढि राष्ट्रमा रहेको छ । यस संस्थाले विश्वभरका युवाहरुको क्षमता अभिवृद्धि गर्नुका साथै मानवीय कामहरु गर्ने गर्दछ ।

प्रकाशित मिति : १७ बैशाख २०७७ बुधबार ००:००  ८ : ३५ बजे