१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मोरक्कोमा ३०० भन्दा बढी कैदीलाई कोरोना संक्रमण



मोरक्को ।
अफ्रिकी मुलुक मोरक्कोमा तीन सयभन्दा कैदीलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । कोरोना संक्रमण देखिएका अधिकांश कैदीहरु रोगी भएको बताइएको छ । उनीहरुसँगै केही जेलका कर्मचारीहरुलाई पनि कोरोना संक्रमण देखिएको बताइएको छ । पछिल्लो साता मोरक्कोको एक जेलमा एक कैदीमा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि देशभरका विभिन्‍न जेलमा कोरोना परीक्षण गरिएको थियो । मोरोक्का विभिन्‍न जेलमा करिब ८० हजार कैदी रहेका छन् । यस महिनाको सुरुआतमा मोरक्कोका प्रधानमन्त्रीले पाँच हजारभन्दा बढी कैदीलाई रिहा गरेका थिए । मोरक्कोमा हालसम्म चार हजार २५२ कोरोना संक्रमित भेटिएका छन् भने १६५ जनाको मृत्यु भएको छ । ( बीबीसी )

प्रकाशित मिति : १७ बैशाख २०७७ बुधबार ००:००  ८ : २० बजे