१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

कोभिड १९ः अमेरिकामा ६१ हजार र बेलायतमा २६ हजार बढीले ज्यान गुमाए



काठमाण्डौँ ।
अमेरिकामा कोरोना भाइरस (कोभिड १र्९) का कारण मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ। अमेरिकामा विगत २४ घण्टामा २३ सय ५२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ एकै दिन २७ हजार पाँच सय ८६ जना बिरामी थपिएका छन्। अमेरिकामा हालसम्म १० लाख ६३ हजार पाँच सय ५१ जना संक्रमित भेटिएका छन्। ती मध्ये १ लाख ४७ हजार १ सय १४ जना निको भएर घर फर्किएका छन्। अमेरिका पछि धेरै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।

त्यहाँ २७ हनार ६ सय ८२ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख ३ हार ५ सय ५१ जना संक्रमित छन्। बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ। कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बेलायतको स्वास्थ्य मन्त्रलायले जनाएको छ। तथ्यांक अनुसार पछिल्लो एक दिनमा बेलायतमा सात सय ६५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो। बेलायचमा १ लाख ६५ हजार २ सय २१ जना संक्रमित रहेका छन्।

स्पेनमा मृत्यु हुनेको संख्यामा केही कमी आएको छ। त्यहाँ विगत २४ घण्टामा ४ सय ५३ जनाले ज्यान गुमाएका छन्। हालसम्म स्पेनमा २४ हजार २ सय ७५ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा २४ हजारको ज्यान गएको छ। त्यहाँ एक लाख ६६ हजार ४ सय २० जनामा संक्रमण भेटिएको छ। अर्को अमेरिकी देश ब्राजिलमा केहि दिनदेखि तीव्र रुपमा फैलिदै गएको यो भाइरका कारण एकै दिन ४ सय ४८ जनाले ज्यान गुमाएको वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकमा छ।

त्यस्तै हाम्रो छिमेकी देश भारतमा ३३ हजार ६२ जना संक्रमित छन्। त्यहाँ हालसम्म एक हजार ७९ जनाले ज्यान गुमाएका छन् भने ८ हजार ४ सय ३७ जना निको भएका छन्। विश्वभरमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ। आज विहान सम्म विश्वमा ३२ लाख १९ हजार २ सय ३५ जनामा संक्रमण भेटिएको छ। २ लाख २८ हजार १ सय ८९ जनाको ज्यान गइसेको छ। त्यस्तै १० लाख भन्दा धेरै मानिस निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  ८ : २९ बजे