५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

कपिलवस्तुसहितका स्थानमा हल्का बर्षा, केही दिन मौसम बदली रहने



काठमाडौँ ।

देशभरको मौसम बिहीबार पनि आंशिकदेखि सामान्य बदली रही केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही मौसमको प्रभावका कारण कपिलवस्तु, रुपन्देही लगायतका स्थानमा विहिबार विहानबाट बर्षा भइरहेको छ ।

अहिले पूर्वी क्षेत्रमा सामान्य बदलीको अवस्था छ । यस्तै मध्य पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।

पश्चिमी वायु र स्थानीय वायु प्रभाव तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको मौसमविदले बताएका छन् । यस्तै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिहेको उनीहरुले बताए ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  ८ : ४१ बजे