६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

रोल्पा बम विस्फोट अपडेटः द्वन्द्वकालमा लुकाइएको बम विस्फोट भएको आशंका



दाङ ।
रोल्पामा बम विस्फोटामा परि चार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा विहीबार बेलुका बालबालिकाको बम विस्फोटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए ।

पुरानो बमलाई गहुँको बारीमा खेलाउने क्रममा उक्त घटना भएको प्रहरीले बताएकोछ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी गुरुङका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाँउपालिका ७ का १४ वर्षीय लोकिराम डाँगी, ११ वर्षीय बिमल डाँगी, ५ वर्षीय विजय खत्री, वडा नम्बर ४ का १३ वर्षीय गौरव नेपाली रहेका छन् ।

घटनास्थलमा फेला परेको बम हाई एक्सप्लोसिभ (एच-ई) बम हुन सक्ने बताइएको छ । नुवागाउँ, जुगार र होलेरीबाट प्रहरीको टोलि घटना स्थल पुगिसकेको प्रहरी प्रमुख गुरुङले जानकारी दिए ।

द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले खेल्ने क्रममा भेट्टाएको र विस्फोट भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  १० : १६ बजे