६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

पार्टी एकता अनुमोदनसंगै राजपा अध्यक्षमण्डलको हस्ताक्षर संकलन तीव्र




काठमाण्डौँ ।

समाजवादी पार्टीसंगको एकता अनुमोदनसंगै राजपा अध्यक्षमण्डलको हस्ताक्षर संकलनलाई तीव्रता दिएको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले पार्टी एकताका लागि सैद्धान्तिक सहमति गरेर निर्वाचन आयोगमा दिएको सूचनालाई अध्यक्ष मण्डलको बैठकले अनुमोदनगरी अध्यक्षमण्डलका सदस्यले हस्ताक्षर संकलन जारी राखेको बताउनु भयो ।

वैशाख १० गते मध्यरातमा समाजवादी पार्टी र राजपाबीच एकता भएको थियो । नयाँ पार्टीको नाम जनता समाजावादी पार्टी राख्ने सहमति पनि भइसकेको छ ।

एकताका लागि भएको सैद्धान्तिक सहमतिको सूचना निर्वाचन आयोगमा दुई पार्टीले दिइसकेका छन्।संयोजक भण्डारीले पार्टीको विधान, नियमावली बनाउने काम भइरहेको बताउनु भयो ।

पार्टीको नेतृत्व कस्तो रहने भन्नेमा समेत विचार,विमर्श र छलफल भइरहेको उउहाँले जानकारी दिनुभयो । उहााले राजपाको जस्तो अध्यक्ष मण्डल अब नरहने पनि उहाँले बताउनु भयो । कांग्रेस र कम्युनिष्टको बीचमा शक्ति सन्तुलन कायम गर्न तेस्रो शक्तिको आवश्यक भएकाले यसैमा आफूहरूको ध्यान गएको समेत भण्डारीको दाबी छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  १ : २३ बजे