६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

हालान्डको आइडल रोनाल्डो



एजेन्सी ।
बोरुसिया डार्टमन्ड युवा स्टार खेलाडी एर्लिङ हालान्डले जुभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्नो एक प्रेरणा भएको बताएका छन् । जारी सिजनमा सनसनी मच्चाएका हालान्डले एक अभिव्यक्तिमा पाँच पटकको ब्यालोन डी‘ओर विजेता रोनाल्डो प्रेरणादायक व्यक्तित्व रहेको बताएका हुन् ।

यतिबेला उनी स्पेनिस ला लिगा क्लब रियल मड्रिडसँग जोडिएका छन् । १९ वर्षीय हालान्ड जनवरीमा जर्मन क्लब डोर्टमन्डमा अनुबन्ध भएका थिए । त्यसपघि उनले अस्ट्रेलियन बुन्डेसलिगामा साल्जबर्गका लागि उकृष्ट प्रदर्शन गरेका थिए । उनले सिजनको सुरुवात साल्जबर्गबाट गर्दा २२ खेलमा २८ गोल गरेका थिए । त्यसपछि जनवरीमा डर्टमन्ड पुगेका उनले मात्र ११ खेल खेल्दा १२ गोल गरेका छन् ।

“रोनाल्डो त्यही व्यक्ति हुन् जो मलाई मन पर्छन् । आज म रोनाल्डोलाई देखेर नै गोल गर्दैछु र उनीलाई देखेरै हुर्केको हुँ,” हालान्डले ईएसपीएनसँगको कुराकानीमा भने, “मलाई उनी सबैभन्दा महान् लाग्छन् । उनी एक सफल खेलाडी हुन् र उनले खेलका लागि ठूलो समर्पण गरेका छन् ।”

बुन्डेसलिगामा जीवनको अविश्वसनीय सुरुआत गरेका हालान्डले भने, “बुन्डेसलिगामा एकदम राम्रो सुरुवात भएको छ । म डर्टमन्डमा रमाइरहेको छु । यो नै मेरा लागि सबैभन्दा महत्त्वपूर्ण हो । म अझै राम्रो गर्ने कोसिस गर्दछु ।”

उनले थपे, “मलाई लाग्छ म हरेक दिन सुधार गर्दैछु र अब म साल्जबर्गमा खेलेको भन्दा अझ राम्रो टिम साथीसँग खेल्छु ।”

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  ३ : २० बजे