८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

युवा संघका जिल्ला संयोजक निलम्बित



काठमाडौं ।
जाजरकोट जिल्ला संयोजकको जिम्मेवारीबाट दीपेन्द्र शाहीलाई राष्ट्रिय युवा संघ नेपालले निलम्बन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कर्णाली प्रदेश कमिटी सदस्य एवं भेरी नगरपालिका जाजरकोटका प्रमुख चन्द्र प्रकाश घर्तीमाथि समूहमा गएर कुटपिट गरेको भन्दै संघले शाहीलाई निलम्बन गरेको हो । युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ुदीपशिखाु र सहसंयोजक रमेश पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै शाहीलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।

‘जिल्ला संयोजक दीपेन्द्र शाही नेतृत्वको समूहले आक्रमण गरि शक्त घाइते बनाएको उल्लेख गरी ०७७ बैशाख १३ गते नेकपा जाजरकोट जिल्ला कमिटि, नेकपा कर्णाली प्रदेश कमिटिको प्रेश वक्तव्य र ०७७ बैशाख १६ गते राष्ट्रिय युवा संघ केन्दीय कमिटीका सदस्यहरूको सिफारिसलाई आधार मानी राष्ट्रिय युवा संघ नेपालको अन्तरिम विधान २०७६ धारा १०.३ (क.ङ) का आधारमा धारा १८.३ को प्रावधान बमोजिम आजका मितिदेखि लागू हुने गरि संगठनका सबै जिम्मेवारीहरूबाट निलम्बन गरिएको छु जारी विज्ञप्तिमा भनिएको छ । ‘

घटनाको सत्यतथ्य छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन जाजरकोटबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भीम रोकाय र कार्यबहाक संयोजक कमरेड भीम जिसी रहेको ५ सदस्यीय छानबिन समितिसमेत संघले बनाएको छ । संयोजकको कार्यबहाक जिम्मेवारी सहसंयोजक कमरेड भीम जिसीलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७ मंगलबार ००:००  ३ : २४ बजे