४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

जवरजस्त ‘एसईई’ नगर्दा हुन्छ, सम्बन्धित विद्यालयलाई जिम्मा दिऊँः शिक्षाविद् पाठक (अन्तर्वार्ता)




मायादेवी अनलाइन, चार नम्बर ।
शिक्षाविद् घनश्याम पाठकले अब यस बर्ष एसईई नगर्दा केही फरक नपर्ने बताउनु भएको छ । एसईई परीक्षा हुने मुखमा कोरोना महामारीको कारण एक्कासी स्थगित भएको हुँदा अब एसईई गर्न जरुरी नभएको उहाँले बताउनु भएको हो ।

बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहनु भएका शिक्षाविद् पाठकले रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको प्रस्तुति कार्यक्रम समयसंवादसंग बुधबार विहान कुरा गर्दै भन्नुभयो, “समयमा एसईई हुन सकेन । अब जर्वजस्त एसईई गर्न आवश्यक छैन । लक डाउन कहिले खुल्छ थाहा छैन । खुलि हाले पनि एसईई संचालन गरेर शिक्षाको सही मापन हुन्छ भन्ने मलाई लाग्दैन ।”

पाठकले हिजोको तिन घण्टे परीक्षा प्रणाली नै वैज्ञानिक नभएको भन्दै घोकाएर पास फेल गराएर शिक्षाको विकास नहुने धारणा राख्नु भयो । यदि एसईई गर्नै परे सामाजिक दुरी कायम गरेर गर्नु पर्ने उहाँको भनाई छ ।

उहाँले मापनको आधार परीक्षा मात्र नभएकाले अब मुल्यांकनका अन्य औजार अपनाउन जरुरी रहेको बताउनु भयो । उहाँले यो सुझाव आफूले मन्त्रालय र परीक्षा वोर्डसम्म पनि पुर्याएको बताउनु भयो ।

यसको लागि उहाँले सरकारले अध्यादेश जारी गगेर ढोका खुलाउनु पर्ने बताउनु भयो । शिक्षा मन्त्रालयले अब यस वर्षको इसईई स्थगित गरी सम्बन्धित विद्यालयलाई नतिजा बनाउन बाटो खुलाइदिनु पर्ने उहाँको भनाई छ ।

संघिय सरकारले कुनै शैक्षिक गतिविधि नगर्नू, पाठ्यपुस्तक पनि नबाँड्नू भनेर आदेश दिनू अपरिपक्व अभिव्यक्ति भएको भन्दै शिक्षाको गुणस्तर सुधार गर्ने कुनै योजना वर्तमान सरकारसंग नभएको पाठकको ठम्याई छ ।

नेपालकै नमुना प्रधानाध्यापकको छवि बनाउनु भएका पाठकले ग्रेडिङ प्रणाली नाम मात्रको भएको आरोप लगाउनु भएको छ ।

पाठकले आआफ्ना बालबालिकालाई सृजनशिल बनाउन, चित्र कोर्न, प्रेम गर्न, हस्तलेखन गर्न प्रेरित गर्नु पर्ने र साथीको ब्यावहार गरी सहजीकरण गर्न अभिभावकलाई सुझाउनु भएको छ ।
पुरा सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २४ बैशाख २०७७ बुधबार ००:००  ८ : ४३ बजे