१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

२५६४ औं गौतम बुद्धको ‘जन्मजयन्ती’ र ‘विचार’



राम शरन रैदास ।
ईसा पूर्व ५६३ को बैशाख पूर्णिमाको दिन गौतम बुद्धको जन्म लुम्बिनीमा भएको आज २५६४ औं गौतम बुद्धको जन्मजयन्ती मनाइदै छ । वर्षौ देखि नै गौतमबुद्धको जन्म स्थल नेपालको लुम्बिनी, राजधानी तिलौराकोट, देवदह लगायत विभिन्न बौद्ध स्थलहरुमा विभिन्न तरिकाले बुद्ध जयन्ती मनाउदै आईएको छ । शाक्य बंशीय राजाको राजधानीका नाम कपिलवस्तु थियो सम्भवतः यो नाम महान बुद्धिवादी मुनि कपिलका नाममा रहेको छ । कपिलवस्तुमा जनसेन नामका एक शाक्य हुनुहुन्थ्यो र सिहहनु उनका पुत्र थिए । सिहहनुका विवाह कच्चाना संग भएको थियो । उहाँको पाँच छोरा शुद्धोधन, धोतोदन, सुक्कोदन तथा अमितोदन पाँच पुत्र बाहेक दुई जना अमिता र पमिता छोरी पनि थिइन् । शुद्धोधनका विवाह महामायासंग भएको थियो जसको बुबा अञ्जन र आमा सुलक्षण कोलिय थियो । उहाँ देवदह नामक गाउँमा बसी रहनु भएको थियो । राजा शुद्धोधन एक महान वीर (योद्धा) हुनुहुन्थ्यो शुद्धोधनले आफनो शैन्य पराक्रमका परिचय दिनु भएकोमा सोही समयमा एक अर्को विवाह गर्नका लागी स्वीकृति प्राप्त भयो र महामायाका सानो बाहिनी महाप्रजापतिलाई छनौट गरी पुनः अर्को विवाह गर्नुभयो ।

राजा शुद्धोधन धेरै धनी ब्यक्ति हुनुहुन्थ्यो उहाँ संग ठुलो ठुलो खेत, धेरै जना नोकर र खेत जोत्नेका लागी हजारौं हलो चलिरहेका थिए । यहाँको जीवन धेरै ऐश्वर्यपूर्ण थियो र धेरै महल, भवनहरु थिए । महामाया गर्भवती भएको पश्चात बच्चाको जन्मदिनका लागी देवदह माइत गएर जन्मदिने निर्णय लिनुभयो र सो बाटोमा एक बन परिरहेको थियो जसको नाम लुम्बिनी थियो । लुम्बिनीको वनमा गए पछि आराम गर्ने बेलामा सिद्धार्थ गौतमको जन्मभयो । असित मुनि सिद्धार्थ गौतमलाई हेर्न आउदा भन्नु भयो कि यो बालक बत्तीस महापुरुष लक्षण र अस्सी अनुब्यंजनोंद्धारा युक्त छन् । र शुक्र र ब्रम्हाको शरीर भन्दा अधिक दिप्त छन् । तथा निस्संदेह यह अद्भुत पुरुष हुन । यदि सिद्धार्थ गृहस्थ हुनुभयो भने चक्रवति राजा हुन्छन यदि गृह त्याग गर्नुभयो भने सिद्धार्थ सम्यकं सम्बुद्ध हुन्छन् असित मुनिले भविष्यवाणी गर्नुभयो ।

केही समय पछि सिद्धार्थ आफनो परिवार र राजधानी छोडेर मगध राज्यका राजधानी राजगृह जानुभयो । केही समय सम्म ध्यानमा बस्नु भयो र नयाँ धम्मका आविष्कारमा उहाँले विचार गर्नुभयो कि संसारमा दुःख र निराशा यथार्थ रुपमा एक अकाट्य सत्य छ । तर सिद्धार्थ गौतमको उक्त कुरा जान्न धेरै जसो चासो थियो कि दुःखलाई कसरी टाढा गर्ने । कसै संग यसको जवाफ थिएन । त्यसकारण गौतमले आफनो सम्पूर्ण ध्यान उक्त प्रश्नको उत्तर खोज्नका लागी लगाउनु भयो कि दुःख र निराशालाई कसरी हटाउन वा अन्त्य गर्न सकिन्छ । पहिला प्रश्न जुन आफु संगै गर्नुभयो कि दुःख र निराशाका कारण के हुन सक्छ ? जसलाई ब्यक्तिले भोगी रहेको छन् । र दोस्रो प्रश्न थियो कि दुःखको कसरी हटाउने वा टाढा गर्ने । केही समय पश्चात दुवै प्रश्नका सहि उत्तर प्राप्त गर्नुभयो जसले गर्दा सिद्धार्थ गौतमलाई सम्यक सम्बोधि बनायो र यहि कारणले पिपलका सो बृक्ष जसको तल बसेर सिद्धार्थ गौतमले ज्ञान प्राप्त गर्नुभयो । उक्त बृक्ष पेढलाई बोधिवृक्ष भनिन्छ । बोधिसत्व सिद्धार्थ गौतम संबोधि प्राप्त गरे पछि बुद्ध बन्नुभयो ।

त्यसपछि मानवमा मानवता कायमका लागि धेरै कुराहरु समाजमा दिनुभयो । समाजमा रहेका भेदभाव, हिंसा अत्याचार, दुःख, कु विचारको बारेमा ज्ञान दिनुभयो आज संसारले गौतम बुद्धको नाममा प्रचार प्रसार गर्दै विचारहरु धेरै अगाडी बढी रहेका छन् । हाम्रो देश नेपालमा गौतम बुद्ध जन्मेको देश हामी नेपालीहरुले विदेशमा गएर परिचय दिईरहेका छौ । प्रत्येक जिल्लामा लगभग दर्जन स्थानमा बुद्ध चौक, बुद्धको नाममा बाटो राखीरहेका छन् । तर, गौतम बुद्धको विचार दिईरहेका छैनन् र विदेशीहरु आएर हामीलाई गौतम बुद्धको विचार उपदेशको बारेमा दिने गरेका छन् । मानवमा मानवता कायमका लागि अन्धविश्वास, पाखण्डवाद अन्त्यका लागि धेरै उपदेश दिएका छन् । सो हामी सवैले पढनु पर्दछ र एक अर्कामा प्रसार प्रसार गर्नुपर्दछ ।

मानवको जीवनको लागी गौतम बुद्धका धैर पथ र सन्देशहरु निम्न छन । जस्तै त्रिशरण नमनः बुद्धं सरणं गच्छामि । धम्मं सरणं गच्छामि । संघ सरणं गच्छामि । र पंचशील पाणातिम वेरमणी सिक्खापदं समादियामि । अदिन्नादाना वेरमणी सिक्खापदं समादियामि । कामेसु मिच्छाचारा वेरमणी सिक्खापदं समादियामि । मुसावादा वेरमणी सिक्खापदं समादियामि । सुरामेरयमज्जपमाटुना वेरमणी सिक्खापदं समादियामि । ४ वटा अरसत्य १) दुःख आर्य सत्य, २) दुख समुदय आर्य सत्य, ३) दुख निरोध आर्य सत्य, ४) दुख निरोग गामी मार्ग आर्य सत्य, र दस पारमिताए १. शील पारमिता २. दान पारमिता, ३. नैष्कम्य पारमिता, ४. वीर्य पारमिता, ५. क्षान्ति पारामिता, ६ सत्य पारमिता, ७ अघिष्ठान पारमिता, ८ प्रज्ञा पारमिता, ९ मैत्री पारमिता, १० उपेक्षा पारमिता तथा आर्य सत्य एवं आष्टांगिक मार्ग सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक ब्यायाम, सम्यक स्मृति, सम्यक समाधि यस्तो कुरा समाजमा जनकारी दिनुपर्दछ । धेरै पाखण्डवादको पछाडि लाग्नु भएन । यो उपदेश पढेर शान्तीको सन्देश दिन सकिन्छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७ बिहिबार ००:००  ९ : ३३ बजे