११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

दुई शब्द आमा बुवाको नाममा



विन्दावासिनी हरिजन ।
यस संसारमा ल्याउने आमा बुवालाई नमन गर्दछु । यस संसार भरीमा निस्वार्थ माया गर्ने आमा बुवा नै हुन् । सानो छदा आफ्नो काँधमा बसाले र घुमाउने काँध हाम्रो बुवाको हुन्छ हाम्रो आँखामा आशु आउन न दिने हाम्रो आमा बुवा हुन् । हरेक समस्यावाट बचाएर हामीलाई जिवन दिन्छन् । आफुमा समस्या परे पनि आफ्नो छोरा छोरीलाई कहिले पनि भन्दैनन् यताउता हरेक समस्या सहेर लालन पालन गरी, सबै इच्छा पुरा गर्छन् ।

तर, यस नयां जमाना नयां युगमा नयां नयां फेशन चलेको छ । बर्षको ३ सय ६५ दिनमा एक दिन आमाको लागि एक दिन बुवाको लागि (Mothers Day÷Fathers Day) बाँकी हामी ३६३ दिन किन बिर्सि हाल्छौ वा तिरस्कार, दुब्यवहार गर्छौ । किन सोही आमा बुवालाई हामी अपहेलीत गर्छौ किन उहांहरुको हाल खवर सोध्दैनौ किन वहांहरुलाई समय दिदैनौ मोबाईल चलाउने यतांउता घुम फिर गर्ने र साथीहरु संग भेट्नको लागि हामीसंग जति पनि समय हुन्छ तर आफ्नो आमा बुवाको लागि हामीसंग समय हँुदैन । दँुनियाको तिर्थ यात्रा गर्न जान्छन् पुजा पाठ गर्छन् तर आफ्नै आमा बुवालाई जब वहाँहरुलाई सबैभन्दा धेरै अवश्यकता छोरा छोरीको हुन्छ त्यती बेला कित बृद्ध आश्रम छोडेर आउँछन, कित आमा बुवालाई अलग गरि दिन्छन् । जब कि बुढेसकालमा आमा बुवालाई एक ठाउंमा राख्नुपर्ने त्यती बेला आफु निर्णय गरेर आफ्नै आमा बुवालाई छुट्यिाइदिन्छौ । हामी त्यती बेला पनि आमा बुवाले केही भनेका हुदैनन ।

मेरो भनाई के छ भने आ आफ्नो आमा बुवाको दिनहु यदी (Mothers÷Fathers Day) मनाइयो भने कुनै पनि ठाउंमा बुद्ध आश्रम हुँदैन आमा बुवाको घरलाई हामी आफ्नो घर भन्ने गर्दछौ । र वहांहरुलाई यताउता गरि दिने यो हाम्रो दायित्व होइन् । आफ्नै घरलाई तिर्थ यात्रा चार धाम बनाउनुस अनी हेर्नु त्यो घर स्वर्गं भन्दा राम्रो हुन्छ । बृद्ध आश्रममा पठाउनु भन्दा आफ्नो घरलाई आमा बुवाको आर्शिवाद पाउने घर बनाउनु जहां त्यो दिन सम्झनु जब हामी आफै उभिन सकिरहेको थिएनै । त्यतीबेला त्यही आमाबुवाको हात समातेर हामीलाई हुर्काएका हुन्छन् । त्यही सम्झेर हामी आमा बुवालाई बुढेसकालको सहारा बन्नुपर्छ र आफ्नो जिवन धन्य बनाउनु पर्छ ।

कुनै पनि बृद्धआश्रममा जाँदा यहां गएको प्रत्येक ब्यक्तिहरुको हात हेर्छन कि मलाई केही दिन्छन् कति दुख लाग्छ होला त्यो आमा बुवालाई वहांहरुसंग सोध्दा पनि छोरा छोरीको वारेमा धेरै जना भन्छन् कि मेरो कोही छैन किनकी आफ्नो छोरा छोरीको आस हुदैन र अर्को तिर मेरो छोरा छोरीको बेइजत हुन्छ । यो आवस्थामा पनि आफनो छोराछोरीको भलो नै देख्ना र सुन्न चाहन्छन । जसको आमा वुवा छैनन् उससंगको आमाबुवाको बारेमा कुरा गर्नुस, आमा बुवा बोझ होईन जसको आमाबुवा छन् उसले गर्भ महशुस गर्नुपर्छ किनकि धेरै भग्यमानी छोरा छोरी आफ्नो आमा बुवाको सेवा गर्न पाउछन् । समयमा विचार पु¥याउनु भएन भने सो समय टाढा हुदैन कि तपाईलाई पनि तपाईको छोराछोरीले बृद्धआश्राम छोडेर आउछन् । समयमा सचेत हुनुहोस् आमाबुबालाई छोराछोरीको स्नेह र माया चाहिन्छ सम्पत्ति होइन ।

प्रकाशित मिति : २४ बैशाख २०७७ बुधबार ००:००  ९ : ४३ बजे