४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वाणगंगाकी बालिकाको सम्पर्कमा आएका स्वास्थ्यकर्मीमा कोरोना देखिएन



काठमाडौँ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बालिकामा कोरोना संक्रमण देखिएपछि त्यहाँका स्वास्थ्यकर्मीमाझ गरिएको परीक्षणको रिपोर्ट सबैको नेगेटिभ आएको छ ।

कपिलवस्तु वाणगंगा-४ ठाकुरापुरकी ६ वर्षीया बालिका उपचारका लागि शिक्षण अस्पतालमा एक साताअघि भर्ना भएकी थिइन् । ती बालिकामा संक्रमण पुष्टि भएलगत्तै विरामी बालिकाको सम्पर्कमा आएका सम्भावित ४९ स्वास्थ्यकर्मीको कोरोना संक्रमण परिक्षण गरिएको थियो ।

शिक्षण अस्पतालका कार्यरत डाक्टर, नर्स र ल्याबका कर्मचारीहरुमाथि पीसीआर परीक्षण गरिएको थियो । विशेषगरी बालिकाको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको पिसीआर परिक्षण भएको बताइएको छ ।

यता विहीबार उपचारको क्रममा काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएको बालिकाकी आमा र हजुरबुवाको कोरोना रिपोर्ट अझै आएको छैन् । वाणगंगा ६ ठाकुरापुर निवासी बालिकालाई आमा र हजुरबुवाले दुध बोक्ने गाडीको माध्यमबाट काठमाडौं लगेका थिए ।

घाँटीमा समस्या आएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको लागि लगिएको भएपनि बालिकालाई कोरोना देखिएको थियो ।

आमा र हजुरबुबाको रिपोर्ट अझै आइनपुगेको पारिवारीक स्रोतले जनाएको छ । शनिबारसम्ममा आउने अपेक्षा छ । यस्तै बालिकालाई काठमाडौं लैजाने गाडी चालक र गजेहडास्थित डेरी उद्योगका सञ्चालकको रिपोर्ट पनि आएको छैन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७७ शुक्रबार ००:००  ७ : ५५ बजे