५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अझै आएको छैन, वाणगंगाकी कोरोना संक्रमित बालिकाका आमा र हजुरवुवाको परिक्षण रिपोर्ट



मायादेवी अनलाइन, चारनम्बर ।
विहीबार उपचारको क्रममा काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएको बालिकाकी आमा र हजुरबुवाको कोरोना रिपोर्ट अझै आएको छैन् । वाणगंगा ६ ठाकुरापुर निवासी बालिकालाई आमा र हजुरबुवाले दुध बोक्ने गाडीको माध्यमबाट काठमाडौं लगेका थिए ।

घाँटीमा समस्या आएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको लागि लगिएको भएपनि बालिकालाई कोरोना देखिएको थियो ।

अस्पतालमै कोरोना देखिएपछि बालिकाको उपचारमा संलग्न चिकित्सक र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको विहीबार थ्रोट स्वाव टेष्टका लागि निकालिएको थियो । जसमा विहीबार सबैको नतिजा नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

यता आमा र हजुरबुबाको रिपोर्ट अझै आइनपुगेको पारिवारीक स्रोतले जनाएको छ । शनिबारसम्ममा आउने अपेक्षा छ । यस्तै बालिकालाई काठमाडौं लैजाने गाडी चालक र गजेहडास्थित डेरी उद्योगका सञ्चालकको रिपोर्ट पनि आएको छैन् ।

ठाकुरापुरकी बालिकामा कोरोना संक्रमण देखिएपछि यस क्षेत्रमा विभिन्न चर्चा उठ्न थालेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७ शुक्रबार ००:००  ९ : ०९ बजे