१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

रोल्पाको आइसोलेसनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ



दाङ ।
गत सोमबार जिल्ला अस्पताल रोल्पाको आइसीयुमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मंगलवार गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो।

रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको दुबै मृगौला फेल भएपछि ज्यान गएको थियो । काठमाडौंमा डायलसिस गराउँदै आएका उनी लकडाउनकै बीच आइतबार बेलुकी रोल्पा पुगेका थिए । उनी सोहि दिन रोल्पा अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

यस्तै, प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पातल , स्वास्थ्य कार्यालय दाङ, दाङमा रहेका क्वारेन्टाइनबाट संकलन गरिएको स्वाब, प्यूठान जिल्लाबाट आएको स्वाब परीक्षण गर्दा १०४ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिए।

प्रतिष्ठानमा मंगलबारसम्म ६८५ जनाको रिपोर्ट परीक्षण गरिएको छ। ती मध्ये ६८३ रिपोर्ट नेगेटिभ आएको र दुईजनाको पोजिटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७ बुधबार ००:००  ७ : ५८ बजे