१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा बुधबार थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । स्रोतका अनुसार आज बुधबार विहान भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १३ जना कोरोना संक्रमित थपिएका हुन् ।

जसमा कपिलवस्तुका १२ र रुपन्देहीका एक जना रहेका छन् । यद्यपि स्वास्थ्य मन्त्रालयको पुष्टि आउन भने अझै बाँकी छ ।

बुधबारको पुष्टिसंगै कोरोना संक्रमितको संख्या जिल्लामा ६० पुगेको छ । कुन पालिकाको रिपोर्ट आयो भन्नेबारे केहि समय पछि अपडेट गर्नेछौं ।

स्रोत-अनलाइनखबर

प्रकाशित मिति : ७ जेष्ठ २०७७ बुधबार ००:००  ११ : ०६ बजे