२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

‘ला लिगा उपाधिका लागि तयार छौं’



एजेन्सी ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएका फुटबल लिगहरू पुनः सुरु हुने तयारीमा छन् । जर्मन बुन्डेस लिगाले पहिलो साताको खेल सकाएको छ । प्रिमियर लिग नयाँ मिति तय गर्दै छ ।

यता कोरियन लिगको नयाँ सिजन पनि सुरु भइसकेको छ । स्पेनिस ला लिगाले पनि पुनः खेल सुरु गर्न खेलाडीहरूले प्रशिक्षण गरिरहेका छन् । प्रिमियर लिग क्लबहरूले पनि मंगलबारबाट समूहमा प्रशिक्षण थालेका छन् ।

रियल मड्रिडका खेलाडी टिवोट कोर्टुवासले आफूहरू उपाधिका लागि तयार भएको बताएका छन् । सन् २०१८ को विश्वकपपछि ला लिगा क्लब आएका कोर्टुवासले ला लिगा टाइटलका लागि तयार भएको बताएका छन् ।

“म दैनिक रूपमा ला लिगा सुरु हुन्छ भन्ने आशामा छु । ला लिगा सुरुसँगै उपाधि होडका लागि तयारी अवस्थामा छु । हामी तयारी गरिरहेका छौं । सबै खेलाडीसँगको प्रशिक्षणले भने केही नयाँ रूप लिएको छ,” कोर्टुवाले मड्रिड टिभीसँगको कुराकानीमा भने ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७ बुधबार ००:००  ९ : २७ बजे