रेडियो   टिभी

मायादेवी साझेदारी बनबाट २३ क्यूफिट काठसहित ३ मोटरसाइकल बरामद


मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-१० स्थित वन क्षेत्र भित्र तस्करहरुले फडानी गरको काठसहित ३ वटा मोटरसाईकल बरामद गरिएको छ ।

एक समूहले मायादेवी साझेदारी वन क्षेत्रको बहादुरपुर क्षेत्रमा साल जातको सुकेको रुख ढालेर टुक्राटुक्रा पारेर राखेका थिए ।

मोटरसाईकलमा चोरी निकासी गर्न लागेको भन्ने सूचनाको आधारमा सब डिभिजन वन कार्यालय पटनाका फरेष्टर ओम वि.क.को नेतृत्वमा सशस्त्र प्रहरी समेतको टोली घटनास्थलमा पुगेको थियो ।
गस्ती टोली देखेपछि चोर तस्करहरु फरार भएकोमा साल जातको गोलिया थान ३ को २३.९८ घन फिट काठ र ३ ओटा मोटरसाइकल बरामद गरिएको छ ।

फरार अभियुक्तको खोजिका साथै थप अनुसन्धान जारी रहेको डिभिजन बन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदनमोहन सैन्डील्यले बताए ।

यता लकडाउनको मौका छोपेर बन फडानी गर्न तस्कर लागेको र तिनीहरुको रेखदेखमा साझेदारी बन लागि परेको मायादेवी साझेदारी बनका अध्यक्ष अजिज खाँले बताए ।

प्रतिक्रिया दिनुहोस