७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

‘बुन्डेस लिगा सुरु हुँदा खुसी छायो’



एजेन्सी ।
प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक जुर्गेन क्लोपले जर्मन बुन्डेस लिगा सुरु हुँदा विश्व फुटबलमा खुसी छाएको बताएका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएका फुटबल लिगहरू पुनः सुरु हुन थालेका छन् ।

गत शनिबार मात्र जर्मनी फुटबलको शीर्ष डिभिजनको लिग आरम्भ भएको थियो । दर्शकविना सुरु भएको लिगमा खेलाडीहरूले सामाजिक दूरी कायम गर्दै गोलको सेलिब्रेसन पनि गरेका थिए । यसरी सुरु भएको लिगले विश्व फुटबलका अन्य लिगहरू पनि आरम्भ गर्न प्रोत्साहन गरेको बताएका छन् ।

“म बुन्डेस लिगा सुरु हुँदा धेरै खुसी छु । बुन्डेस लिगा हेर्दा मैले धेरै अचम्म मानिरहेको थिएँ,” क्लोपले भने, “मैले उनीहरूलाई आवाजविनै सुनिरहेको छु । मलाई कमेन्ट्री पनि आवश्यक परेन त्यो समय मलाई खेल हेर्न मात्र मन लाग्यो ।”

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ११ : १४ बजे