९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

कपिलवस्तुमा गरियो दुई दिनमा ६ सय २० जनाको स्वाब संकलन



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा स्वाब संकलनमा तीब्रता दिईएको छ । दुई दिन भित्र ६ सय २० जनाको स्वाब संकलन गरिएको हो ।

कपिलवस्तु नगरपालिकाको २ सय १८, कृष्णनगरमा ६७, मायादेबीमा ६ र यशोधरा गाउँपालिकामा ३ सय २९ जनाको स्वाब संकलन गरिएको हो ।

अहिलेसम्म १९ सय ६२ जनाको स्वाब संकलन गरी पिसीआर परिक्षणका लागि पठाईएको स्वास्थ्य कार्यालयका प्रमुख यागेन्द्र भगतले बताए । जसमध्ये ११ सय ५८ जनाको रिपोर्ट आएको छ भने ७४६ रिपोर्ट आउँन बाँकी छ ।

यस्तै अहिलेसम्म १८ सय ६२ जनाको आरिटीडी गरिएको छ । जिल्लामा ६० जना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ७ : ५५ बजे