९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

कपिलवस्तुको वाणगंगामा थप कोरोना संक्रमित भेटिए



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खर दिएको जानकारी अनुसार वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकामा गरी ९ जना संक्रमित थपिएका हुन् । जसमा वाणगंगाका ५, मायादेवीका ३ र कपिलवस्तुका १ जना रहेका छन् ।

मन्त्रालयका अनुसार वाणगंगा नगरपालिका वडा नं ७ का ५३ बर्षीय, वडा नं. ५ का २७ बर्षीय, वडा नं. १० का २५ बर्षीय, वडा नं. ८ का २४ बर्षीय पुरुष रहेका छन् । यस्तै वडा नं. ४ की ८ बर्षीया बालिकामा पनि कोरोना देखिएको छ ।

यस्तै मायादेवी गाउँपालिकामा ३ जना थपिएका छन् । यी थपिएकाहरु मायादेवी गाउँपालिका वडा नं. ४ का ४५ बर्षीय, वडा नं. ५ का ३४ बर्षीय र ३६ बर्षीय दुई जना पुरुष रहेका छन् ।

यता कपिलवस्तु नगरपालिकामा पनि एक जना थपिएका छन् । यी वडा नं. ३ बर्ष २९ बर्षीय पुरुष रहेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  ९ : ११ बजे