९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

अपडेटः कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७, ५, १०, ८ र ४ मा कोरोना भेटिए



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विहान देखिएको जानकारी अनुसार जिल्लामा ९ जना थप संक्रमित थपिएका छन । जसमध्ये ५ जना वाणगंगा नगरपालिकामा रहेका छन् ।

संक्रमित थपिएका नगरका ५ वडामा छन् । जसमा वडा नं. ७ का बर्ष ५३ पुरुष, वडा नं. ५ बर्ष २७ का एक जना पुरुष, वडा नं. १० बर्ष २५ का एक जना पुरुष, वडा नं. ८ बर्ष २४ का एक जना पुरुष रहेका छन् भने वडा नं. ४ की बर्ष ८ की बालिका १ रहेकी छिन् । वाणगंगामा थपिएका तीन जना हालै भारतबाट आएकाहरु हुन् भने दुई जना घरमा बस्ने रहेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  ९ : २८ बजे