८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

अपडेटः वाणगंगा ४ ठाकुरापुरकी अर्की ८ बर्षीया बालिकामा कोरोना



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुरमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वाणगंगामा भेटिएका ५ कोरोना संक्रमित मध्ये एक जना ठाकुरापुरकी रहेको पाइएको छ ।

उनी ८ बर्षीय बालिका रहेको मन्त्रालयले जनाएको छ । यसभन्दा अगाडी सोही स्थानकी ६ बर्षीया बालिकामा कोरोना देखिएपछि यहाँ स्वाव संकलन लिइएको थियो । त्यस मध्येबाट शुक्रबार एक बालिकामा थप संक्रमण देखिएको हो ।

काठमाडौंमा उपचाररत बालिकालाई कोरोना देखिएपछि ठाकुराबासी र उनलाई काठमाडौं लैजाने ड्राइभरको पिसीआर परिक्षण गरिएको थियो । जसमध्ये सबैको रिपोर्ट नेगेटिभ आएको वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  १० : ३४ बजे