८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

हालै भारतबाट वाणगंगामा आएका सबैको कोरोना परिक्षण भयो त ?



मायादेवी अनलाइन, चारनम्बर ।
शुक्रबारसम्म वाणगंगा नगरपालिकाको सिद्धार्थ क्याम्पसमा रहेको क्वारेनटाइनमा १ सय ५२ जना रहेका छन् । हालै लुकीछीपि भारतबाट आउनेहरु यो क्वारेनटाइनमा रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार भारतको महाराष्ट्रबाट आउनेहरु बढी छन् ।

प्रयाप्त किट नहुँदा पिसीआर परिक्षण ढिला भैरहेको गुनासा कपिलवस्तु बढीरहदा वाणगंगामा पनि यसको असर देखिएको छ ।

नगरपालिका भित्र रहेका मध्ये अहिलेसम्म ६६ जनाको मात्र स्वाब परिक्षण भएको छ । जसमध्ये २८ जनाको रिर्पोट आएकोमा त्यसमा ६ जनामा कोरोना देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । स्वाब संकलन गरिए मध्ये सबैको रिपोर्ट आएको सुन्नमा आएपनि स्वास्थ्य कार्यालय कपिलवस्तुले २८ जनाको मात्र रिपोर्ट पठाएको पौडेलले बताउनुभयो । अरुको रिपोर्ट शनिबारसम्म आउन सक्ने उहाँले बताउनुभयो ।

अझै ८६ जनाको पिसीआर परिक्षण गर्न बाँकी रहेको छ । शुक्रबारमात्र १९ जनाको परिक्षण हुन लागेको स्वास्थ्य शाखाले जनाएको छ । क्वारेनटाइनमा भारतबाट आउने दैनिक बढीरहेका छन् । भारतबाट आउनेहरुलाई ठाउँ अनुसार फरक फरक राखिएको नगरपालिकाले जनाएको छ । भारतमा कोरोनाको इपिसेन्टर बनेको मुम्बईबाट आउनेलाई बढी निगरानीमा राखिएको नगरको दाबी छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  ११ : १८ बजे