८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

अपडेटः वाणगंगामा भेटिएका कोरोना संक्रमित कुन कुन गाउँका थिए ? हेर्नुहोस विवरण



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा शुक्रबार भेटिएका कोरोना संक्रमितको पूरा ठेगाना खुलेको छ । आज संक्रमित भेटिएका नगरपालिकाका ५ वडा मध्ये सबैको गाउँ खुलेको हो । संक्रमित वडाका नागरिकबाट मायादेवी अनलाइनलाई तारन्तार फोन आएपछि हामीले यस विषयमा बुझेका थियौं ।

जसमध्ये वडा नं. ४ को ठाकुरापुर, वडा नं. ५ को खुटेनी, वडा नम्बर ७ को देउराली टोल, वडा नम्बर १० को शुद्धोधन गाउँपालिकासंग जोडिएको ठूलो गलाहमा रहेका ब्यक्तिमा कोरोना देखिएको हो । वडा नम्बर ७ मा पर्ने देउराली टोल वडा नम्बर ८ को सिमाना पनि हो ।

वडा नम्बर ८ मा कोरोना देखिएको भनिए ब्यक्ति भने वडा नम्बर ११ को ओदारीका रहेको बताइएको छ । वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भुसालले पत्रकार भनिएका कोरोना संक्रमित आफ्नो वडाको नभएको बताउँदै त्रासमा नरहन वडाबासीलाई अनुरोध गर्नुभयो ।

संक्रमित मध्ये वडा नं. ७, वडा नं. ५ र वडा नं. १० का हालै भारतबाट आएका हुन् । उनीहरु सिधै घरमा नगई क्वारेनटाइनमा बसेकाले गाउँमा कोरोना फैलिनसकेको सम्बन्धित वडाको दाबी छ ।

नगरका बिभिन्न वडामा कोरोना देखिएपछि नगर कार्यपालिकाको आकस्मिक वैठक बसिरहेको छ । सो बैठकले कोरोना देखिएका वडामा अब के गर्ने भन्ने रणनीति तय गर्ने बताइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  ११ : ३५ बजे