१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

राष्ट्रिय टोलीमा धोनीको पुनरागमन सम्भव



एजेन्सी ।
भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी अझै पनि राष्ट्रिय टोलीमा पुनरागमन गर्न सक्ने बताइएको छ । उनी भारतका लागि अझै शीर्ष स्थानका विकेटकिपर ब्याट्सम्यान भएकाले टोलीमा पुनरागमन गर्न सम्भव भएको भारतीय पूर्वब्याट्सम्यान मोहम्मद कैफले बताएका छन् ।

उनले धोनीका लागि राष्ट्रिय टोलीमा पुनरागमनका लागि कुनै समस्या नभएको बताए । धोनीले पछिल्लो वर्षको एकदिवसीय विश्वकपमा न्युजिल्यान्डविरुद्ध अन्तिम खेल खेलेका थिए । त्यसपछि उनी राष्ट्रिय टोलीबाहिर छन् ।

“धेरैलाई लाग्दै छ कि धोनी लामो समयदेखि मैदानबाहिर छन् र यदि उनले आईपीएल खेले पुनरागमन हुन सक्छ । तर, मलाई यस्तो लाग्दैन । धोनी सर्वोत्कृष्ट खेलाडी हुन् र दबाबमा परेको टोलीलाई कसरी सम्हाल्ने भन्ने उनलाई मात्र थाहा छ,” मोहम्मदले भने, “उनी पूर्ण फिट छन् ।”

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  २ : ३५ बजे