१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ला लिगा जुन १२ देखि



एजेन्सी ।
स्पेनिस ला लिगा जुन १२ देखि सुरु हुने भएको छ । स्पेनिस रेडियोका अनुसार ला लिगा जुन १२ देखि सुरु हुने बताइएको छ ।

कोरोना भाइरस महामारीका कारण स्थगित भएको लिग सुरु हुँदा पहिलो खेलमा रियल बेटिस र सेभिल्लाले प्रतिस्पर्धा गर्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

यससँगै ला लिगा सुरु भए जर्मन बुन्डेस लिगापछि पुनः सुरु हुने युरोपका शीर्ष पाँच लिगहरूमध्ये दोस्रो लिग हुनेछ । त्यस्तै मे २८ मा ला लिगाले सबै क्लबहरूका साथ बाँकी खेल तालिका सार्वजनिक गर्ने बताइएको छ ।

बार्सिलोनाको अर्को खेल मलार्काविरुद्ध हुनसक्छ । जुन स्थगितअघि मार्च १५ मा हुने तय भएको थयो । त्यस्तै च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाको शीर्ष १६ को दोस्रो लेग नेपोलिविरुद्ध खेल्न बाँकी छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  ८ : ३६ बजे